होस्टेलमै विद्यार्थीबीच अनैतिक सम्बन्ध, घटना बाहिरिएपछि तालाबन्दी

कास्की | साउन ३०, २०७९

होस्टेलमै विद्यार्थीबीच अनैतिक सम्बन्ध, घटना बाहिरिएपछि तालाबन्दी

पोखरा:   माछापुच्छ्रे गाउँपालिका ६ धितालस्थित भूमेश्वर माध्यमिक विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् ।

 

स्रोतका अनुसार छात्राबास (होस्टेल) मै विद्यार्थीबीच अनैतिक शारीरिक सम्बन्ध भएको थाहापाएपछि अभिभावकले हिजो (आइतबार)देखि विद्यालयमा तालाबन्दी गरेको हुन् ।  ‘एसइई दिने समयमा होस्टेलमा रहदाँ ४ महिनाअघि किशोर र किशोरीबीच अनैतिक सम्बन्ध भएको रहेछ, स्रोतले सुनगाभा न्यूजसँग भन्यो, ‘अहिले अभिभावाकले थाहापाएपछि तालाबन्दी गरेका हुन् ।’

 

स्रोतका अनुसार उक्त घटनामा संलग्न किशोर दलित समुदायका हुन् भने किशोरी क्षेत्री समुदायकी हुन् ।

 

र किशोरी गर्भवती भएको थाहा भयो...

 

एसइई तयारीको लागि उक्त विद्यालयको छात्राबासमा कुल १३ जना विद्यार्थी थिए । अहिले उनीहरु एसइई सकिएपछि ११ कक्षा भर्ना प्रक्रियामा थिए । 

 

स्रोतका अनुसार घटना होस्टेलमै रहेको समयमा भए नभएको नखुलेपछि अभिभावकहरुले विद्यालय प्रशासनसँग वार्ताको क्रममा जवाफ खोजिरहेका छन् । एसइई सकिएपछि उक्त किशोरी समयसमयमा बिरामी भइरहिन् ।

 

पेट दुखेर अस्पताल लगिएको उनको चेकजाँज गर्ने क्रममा गर्भवती भएको खुलेको स्रोतले बतायो । ‘नानी पेट दुखेर बिरामी भएको भनेपछि अस्पताल लगेछन्, स्रोतले भन्यो, ‘त्यसपछि पेट पनि बाहिर निस्केकै कारण संका रहेछ । त्यसपछि याे घटना बाहिर आएको हो ।’

 

स्रोतका अनुसार अहिले अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल, प्रध्यानाध्यापक बुद्धिबहादुर मिजार, वटा ६ का जनप्रतिनिधिहरु तथा अभिभावकलगायतको टोलीले वार्ता गरिरहेको छ ।

 

वार्ताको क्रममा अभिभावकहरुले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर पौडेल, प्रध्यानाध्यापक बुद्धिबहादुर मिजारको राजिनामा माग गरेको बताइएको छ । 

 

अभिभावकले विद्यालयमा तालाबन्दी गरेपछि उक्त घटना बाहिरिएको हो । तालाबन्दीपश्चात अहिले पठनपाठन ठप्प भएको छ । 

 

 

यता जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता तथा डिएपसी सुन्दर तिवारीले सो घटनाबारे बेखबर रहेको बताए । ‘त्यो घटनाबारे हामीलाई केही थाहा छैन, उनले भने, ‘अहिलेसम्म कुनै निवेदन र खबर आएको छैन । बुझ्दै छौं ।’

सो विषयमा बुझ्न विद्यालयका प्रध्यानाध्यापक बुद्धि बहादुर मिजारलाई टेलिफोन सम्पर्क गर्दा फोन उठ्न सकेन ।

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र अझैपनि ढुक्क भएर लगानी गर्नसक्ने अवस्थामा नरहेको प्रष्ट पार्नुभएको छ ।  बुधवार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर...

थप पढ्नुहोस्

अन्र्तराष्ट्रिय:  नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई बिदाइ दियो । सन् २०२५ डोनाल्ड ट्रम्पको पुनः राष्ट्रपतित्व, गाजामा युद्धविराम र युक्रेनमा शान्तिका व्यर्थ प्रयासको वर्षको रूपमा चिनिन्थ्यो । यो ...

थप पढ्नुहोस्